कोरोनाका कारण संसारभरी औसत आयुमा कमी आएको खुलासा

आश्विन १४,२०७८

-आस्था न्यूज

असोज १४, २०७८ काठमाडौं ।
कोरोना भाइरसका कारण संसारभरी औसत आयु कम भएको छ । यो दाबी अक्सफोर्ड युनिभर्सिटीकाअनुसन्धाता सन् २०२० को मृत्युको आँकडालाई आधार मानेर बताएका हुन् । 
 
इन्टरनेशनल जर्नल अफ एपिडेमियोलोजीमा प्रकाशित शोधका अनुसार यो दोस्रो विश्वयुद्धपछि एक वर्षभित्र मानिसको आयुमा आएको सबैभन्दा ठूलो गिरावट हो ।
 
वर्ल्डोमिटरका अनुसार संसारभरी २९ सेप्टेम्बरसम्म ४७ लाखको मृत्यु कोभिड-१९ का कारण भएको छ । यसमा पनि अमेरिकामा सबैभन्दा बढी ७.११ लाख मृत्यु भएको छ । त्यसपछि ब्राजिलमा ५.९५ लाख र भारतमा ४.४७ लाखको मृत्यु भएको छ ।  यो अनुसन्धानले के भन्छ ?  यो कसरी र किन भयो? यसको नतिजाले के भन्छ? कोभिड-१९ ले मृत्यु दरलाई कसरी बढाएको छ भन्ने बारे पनि जानकारी लिऔं ।
 
औसत आयु​मार्फत् कुनै पनि व्यक्तिको औसत आयुको अनुमान लगाउने गरिन्छ । औसत आयु जीवनको वास्तविक अनुमान नभई त्यतिबेलाको मृत्यु दरलाई आधार बनाएर भविष्यमा कुनै व्यक्तिको जीवन कति लामो हुनेछ भनेर यसमा आँकलन गरिन्छ ।
 
अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धाताको उद्देश्य भिन्न भिन्न देशमा कोभिड–१९ ले मानिसको जीवनकाल अर्थात् लामो आयुमा के कस्तो असर पारेको छ भनेर पत्ता लगाउनु हो । महामारीका कारण कुनै  देशको जनसंख्याको मृत्युदरमा पर्ने असरलाई जान्नका लागि औसत आयु​को प्रयोग एक प्रमुख इन्डिकेटरको रुपमा हुने गर्छ । एजेन्सी