Trending :
 

ओलीले धोका दिएको भन्दै एमाले विधान महाधिवेशनमा प्रभु साह सहभागी भएनन्

आश्विन १५,२०७८

-आस्था न्यूज

असोज १५, २०७८ काठमाडौं ।
शुक्रबारदेखि सुरु हुने एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी भएनन् ।
 
सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि एमाले रोजेका साहले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
 
विधान महाधिवेशन सुरु हुनुपूर्व शुक्रबार बिहान बानेश्वरमा भएको आफूनिकट भेलामा साहले सहभागी नहुने निर्णय गरेका हुन् । 
 
आईटी आर्मीका प्रमुख चन्द्रभूषण साहका अनुसार प्रतिनिधि चयनमा कनिष्ठलाई स्थान दिइएको, पूर्वमाओवादी नेता कार्यकर्तालाई पार्टीमा यथोचित स्थान नदिइएको भन्दै विधान महाधिवेशनमा सहभागी नहुने निर्णय गरिएको हो । 
 
माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य रहेका साहलाई एमालेमा भने केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो ।
 
त्यस्तै सर्वोच्च अदालतले पार्टी एकता भंग गरी नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० ब्युँताए पनि आफूहरूले नेकपा (एमाले) लाई नेकपाकै निरन्तरतामा बुझेर एकताकै स्पिरिटमा कार्य सञ्चालन गर्न जोड दिए पनि पार्टी नेतृत्वबाट उक्त कार्य नभएको साहको आरोप छ । 
 
त्यसैगरी तत्कालीन नेकपाकै विधानअनुसार पार्टी चल्नुपर्ने पनि साहको माग छ ।