Trending :
 

जबजको मार्गदर्शनमा अघि बढ्ने ओलीको राजनीतिक प्रतिवेदन विधान महाधिवेशनमा प्रस्तुत

आश्विन १५,२०७८

-

असोज १५, २०७८ काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको राजनीतिक प्रतिवेदन तयार पारेका छन् ।

४४ पृष्ठमा समेटिएको ओलीको प्रतिवेदन शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत भएको छ ।

मुलुकभित्र राजनीतिक अवस्था, अन्तराष्ट्रिय परिस्थिति, पार्टीको भावी कार्यदिशा लगायत समेटिएको प्रतिवेदन ओलीले पढेर सुनाएका थिए ।

महाधिवेशन हलमा केहीबेर ओली आफैले पढेको उक्त प्रतिवेदन रुघाखोकीले सताएपछि उनले नेता शंकर पोखरेललाई पढ्न लगाएका थिए ।

यसअघि ओलीले महाधिवेशनमा पेश गर्न केन्द्रीय कमिटी र स्थायी कमिटीमा तयार पारेको प्रतिवेदन ६९ पृष्ठ लामो थियो । तर महाधिवेशनमा पेश गरेको प्रतिवेदन भने घटाएर ४४ पृष्ठमा सिमित गरिएको छ ।