Trending :
 

एमसीसी नेपालको हितमा भए पास गरौं, छैन भने अमेरिकालाई भनौंः परराष्ट्रमन्त्री

आश्विन २०,२०७८

-आस्था न्यूज

असोज २०,२०७८ काठमाडौं ।
 
परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी नेपालको हितमा भए पास गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री खड्काले एमसीसी राष्ट्रिय सहमतिबाट नै अगाडि बढ्नुपर्ने बताएका छन् । 
 
एमसीसी राष्ट्रिय सहमतिबाट गर्ने हो । हाम्रो हितमा छ भने पास गर्ने हो छैन भने किन पास गर्ने?, परराष्ट्रमन्त्री खड्काले भने ।
 
एमसीसीमा माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गरेको स्मरण गराउँदै मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा त्यसअघि किन अध्ययन नगरिएको हो भनेर पनि प्रश्न गरे । हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिका क्रममा ७ वटा परराष्ट्रमन्त्री बनिसकेका छौं, उनले भने ।
 
अब एमसीसी एकस्वरबाट अगाडि बढ्नुपर्छ । हाम्रो हितमा छ भने पास गरौं छैन भने अमेरिकालाई भनौं । यो हाम्रो हितमा पाएनौं, उनले थपे, त्यसपछि ड्यामेज कसरी कन्ट्रोल गर्ने होला? एमसीसीबारे जनतामा मिसइन्फर्मेसन, डिस्इन्फर्मेसन तलसम्म गएको पनि मन्त्री खड्काको भनाइ थियो ।
 
परराष्ट्र सम्बन्धी सबै विवादित विषयमा राजनीतिक दलहरूबीच सहमतिमा नै अगाडि बढाउनुपर्ने खड्काको बताए ।