Trending :
 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुईतिहाइको समर्थन

आश्विन २०,२०७८

-आस्था न्यूज

असोज २०, २०७८ काठमाडौं ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईतिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी ९जसपा० विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए ।
 
प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो ।
 
राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।
 
उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् । बुधबारको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए ।