काँग्रेसले यो वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

आश्विन २१,२०७८

-अस्था न्यूज

असोज २१,२०७८ काठमाडौं ।

नेपाली काँग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा चियापान नगर्ने भएको छ ।  कोरोना महामारीका कारण प्रत्येक वर्ष गर्दै आएको चियापान यो वर्ष नगर्ने निर्णय भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसले बीपी कोइरालाकै पालादेखि दसैँ, तिहार र छठ पर्वको अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।