मन्त्रिपरिषद्‍ विस्तारबारे प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग गरे छलफल

आश्विन २२,२०७८

-आस्था न्यूज

असोज २२,२०७८ काठमाडौं ।
 
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटर छलफल गरेका छन् । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न शीतल निवास पुगेका देउवाले राष्ट्रपति भण्डारीसँग वान टु वान संवाद गरेका हुन् ।
बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग मन्त्रालय बाँडफाँडको विषयमा सहमतिपछि देउवाले शुक्रबार विहान ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने संकेत गरेका थिए । ४ बजे शपथग्रहणको कार्यक्रम रहेको बालुवाटारले जनाएको थियो । तर, देउवाले मन्त्रिपरिषद् विस्तारभन्दा पहिले राष्ट्रपति भण्डारीसँग छलफल मात्रै गरेर फर्किएका हुन् ।
 
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच वान टु वान वार्ता भएको र नियमित भेटघाट मात्रै रहेको बताए।