प्रधानन्यायाधीशले मन्त्रिपरिषद्‍मा भाग खोजेको भन्ने समाचारमा सत्यता छैनः मन्त्री कार्की

आश्विन २२,२०७८

-आस्था न्यूज

असोज २२, २०७८ काठमाडौं ।
कानुन, न्याय  तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने समाचारमा सत्यता नभएको बताएका छन् । 
 
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानन्यायधीश जबराको विषयमा सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले बताएका हुन् ।
 
मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच छलफलमा प्रधानन्यायधीश जबराले मन्त्रिपरिषद विस्तार हुँदा मन्त्री बनाउने विषयमा छलफल भएको थियो ।