राजेन्द्र श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जाने, रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री

आश्विन २२,२०७८

-आस्था न्यूज

असोज २२, २०७८ काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । जसपाका शीर्ष नेताहरुको शुक्रबार बिहान बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । 
 
निर्णयअनुसार जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले नै गर्नेछन् । यस्तै सो पार्टीबाट रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको हो ।