पत्रकार मारिया रेस्सा र दिमित्रीलाई नोबेल शान्ति पुरस्कार

आश्विन २२,२०७८

-आस्था न्यूज

असोज २२, २०७८ काठमाडौं ।
यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेस्सा र दिमित्री मुरातोवले पाउने भएका छन् । नोबेल पुरस्कारको कमिटीले शुक्रबार यसको घोषणा गरेको हो । पुरस्कार विजेता दुवै पत्रकार हुन् । दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको योगदान स्वरुप यो पुरस्कार दिइएको हो । 
 
नोबेल पुरस्कारको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ- दुवैले अभिव्यक्ति स्वतन्त्राको रक्षाका गर्ने प्रयास गरेका छन् जुन लोकतन्त्र र शान्तिको एक जरुरी शर्त हो ।’
 
मारिया रेस्सा फिलिपिन्सकी चर्चित पत्रकार हुन् जसले रेपलर नामको वेबसाइट चलाउँछिन्। सरकारसँग कडा प्रश्न गरेका कारण उनले फिलिपिन्समा कयौँ अप्ठ्याराहरु भोग्नु परेको छ । रेस्साको जन्म फिलिपिन्समा भए पनि उनी सानैमा अमेरिका पुगेकी थिइन् । त्यहाँ उनले प्रिन्सटन विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् ।
 
दिमित्री मुरातोव पनि पत्रकार हुन् र उनले नोवाजा गजेता नामको एक स्वतन्त्र अखबारको स्थापना गरेका छन् । उनी दशकौँदेखि रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाइरहेका छन् ।