नेप्से परिसूचक १८.५३ अंकले गिरावट

आश्विन २४,२०७८

-आस्था न्यूज

असोज २४, २०७८ काठमाडौं ।
आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन समेत रहेको आज आइतबार नेप्से परिसूचक १८.५३ अंकले घटेर २६ सय ६२.५८ विन्दुमा झरेको हो । 
 
गत बुधबार यस्तो सूचक अधिकतम ६८.४७ अंकले बढेर २६ सय ८१.१० बिन्दुमा अडिएको थियो । सातामा पाँच दिन अर्थात् आइतबारदेखि बिहीबारसम्म बजार खुल्ला हुने भएपनि गत हप्ताको बिहीबार दसैंको पहिलो दिन (घटस्थापना) परेकाले सार्वजनिक विदाका कारण कारोबार बन्द हुन पुग्यो ।
 
त्यसो त तीन दिनपछि खुलेको बजारमा आज नेप्से परिसूचक १८ अंकमाथिले घट्न पुगेको छ भने कारोबार रकम करिब साढे ४ अर्बमा सीमित हुन पुगेको छ । नेप्सेका अनुसार कुल २२० कम्पनीको सात करोड २५ लाख कित्तामाथिको सेयर ५४ हजार पटक किनबेच हुँदा जम्मा ४ अर्ब ४९ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । 
 
यस दिन फाइनान्स, लाइफ इन्स्योरेन्स र म्युचुअल फन्ड बाहेकका सबैजसो उपसमूहहरु ऋणात्मक ९नेगेटिभ० भएका छन् । आज सबैभन्दा बढी कमाउनेमा सपोर्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा शिवम् सिमेन्टका लगानीकर्ताहरूले रहेका छन् । 
 
सर्पोर्ट लघुवित्तका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले कमाउँदा यता शिवम् सिमेन्टका लगानीकर्ताहरूले अधिकतम ६.४६ प्रतिशतले गुमाएका छन् ।