पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा उपेन्द्रको पुत्ला दहन

आश्विन २५,२०७८

-आस्था न्यूज

असोज २५, २०७८ काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुको साथै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका छन् । पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा पर्साका युवाहरुले आज काठमाडौँ बालकुमारीस्थित पार्टी कार्यालयमा प्रदर्शन गरेको छ ।
 
जसपाबाट चारजना मन्त्री पठाएपछि पर्साबाट कसैलाई मन्त्री नबनाएको भन्दै पर्सामा लगातार प्रदर्शन र पुतला जलाउने कार्य गर्दै आएका युवाहरु आज केन्द्रीय कार्यालयमै पुगेर प्रदर्शन गरेका हुन् ।
 
जसपामा पर्साका सांसद प्रदीप यादव रहेका छन् । प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै युवाहरु आक्रोशित हुँदै प्रदर्शन गर्दै आएका छन् ।