मर्जरमा जाने बैंकलाई राष्ट्र बैंकको सुविधा थप

आश्विन २५,२०७८

-आस्था न्यूज

असोज २५, २०७८ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुका लागि सुविधा थप गरेको छ । २०७९ असार मसान्त भित्र गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुनेलाई थप सुविधा दिने राष्ट्र बैंकले बताएको हो ।
 
सोमबार एकीकृत निर्देशन संशोधन गर्दै एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुन बाधा नपर्ने राष्ट्र बैंकले बताएको छ ।
 
यस अघि ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त वा पुनः नियुक्त हुन नपाउने व्यवस्था रहेको थियो ।
 
साथै, ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन नसक्ने समेत व्यवस्था रहेको थियो । मर्जरमा जान प्रोत्साहन गर्ने भन्दै राष्ट्र बैंकले यस्तो सुविधा दिएको हो ।
 
यसैगरी राष्ट्र बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नु पर्ने समयावधि समेत मर्जरमा जाने संस्थाहरुलाई २०८० असारमसान्त सम्म थप गरिने राष्ट्र बैंकले बताएको छ ।