तिहारपछि विद्यालय पूर्ण रूपमा खुल्ने

आश्विन २७,२०७८

-आस्था न्यूज

असोज २७,२०७८ काठमाडौं।
महिला बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले कोरोना कहरले विद्यार्थीको पढाइमा गम्भीर रूपमा प्रभावित भएको भन्दै दशँै तिहारपछि पूर्ण रूपमा विद्यालय खुल्ने बताउनुभयो । नेपाल प्रेस युनियन चितवनले मङ्गलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्वास्थ्य मापदण्ड अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न सरकारले पहल सुरु गरिसकेको जानकारी दिनुभयो ।
 
अनलाइन शिक्षा सहरी क्षेत्रमा प्रभावकारी भए पनि ग्रामीण क्षेत्रमा यसको प्रभावकारिता नभएको उहाँको बुझाइ छ । उहाँले स्कुले बालबालिकालाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप दिन सरकार प्रतिबद्ध रहेको जनाउनुभयो ।
 
“खोपका लागि स्वाथ्य मन्त्रालयसँग समन्वय भइरहेको छ । अब त खोप नै लगाएर पनि विद्यार्थीलाई प्रत्यक्ष विधिबाटै शिक्षा दिन जरुरी छ,” उहाँले भन्नुभयो ।
महिला, बालबालिका र ज्येष्ठ नागरिकको समस्या धेरै भएको उल्लेख गर्दै उहाँले समस्या समाधानका लागि कतिपय नीतिगत रूपमै परिवर्तन हुनुपर्ने तर त्यो नीति परिवर्तनका लागि बनेका विधेयक संसद्मै रोकिएको उहाँको भनाइ छ ।
 
“नेकपा एमालेले संसद् अवरोध गर्दा कतिपय महŒवपूर्ण ऐन संशोधन हुन नसकेर रोकिएका छन्,” उहाँले भन्नुभयो ।
 
यसैबीच, पत्रकार सम्मेलनमा सहभागी हुन आउनुभएकी मन्त्री रेग्मी भरतपुर विमानस्थलबाट बाहिरिँदै गर्दा प्रेस सम्मेलन कक्षमा जाने क्रममा भ¥याङ उक्लँदै गर्दा लड्नुभएको छ । तर, उहाँलाई खासै चोट लागेको छैन ।