सडक दुर्घटनाका घाइतेको सरकारले निशुल्क उपचार गर्ने

प्रधानमन्त्रीद्धारा शोकमा परेका परिवारप्रति समवेदना :

आश्विन २७,२०७८

-आस्था न्यूज

असोज २७,२०७८ काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गरेका छन् । 
 
उनले ती दुर्घटनामा मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताएका छन् ।
 
साथै प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक-निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि ट्वीटमार्फत् सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।