Trending :
 

१० बुँदे सहमति भनेर एमालेमै बस्ने साथीहरुको अहिले हरिबिजोग देख्नुपरेको छः माधव नेपाल

कार्तिक ०६,२०७८

-आस्था न्यूज

कात्तिक ६,२०७८ काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको हरिबिजोग देख्नुपरेको टिप्पणी गरेका छन् ।
 
शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको बताए ।
 
‘‘आदेशको पालना गर्‍यो भने स्याबास १ बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको कति ट्याउँ ट्याउँ गरेको १० बुँदेको‘’ उनले भने, ‘सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ । १० बुँदे भन्ने साथीको कस्तो हरिविजोग । छैन कुनै मर्यादा । कुनै सम्मान छैन ।’
 
गत बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाउदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको भन्दै त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए ।
 
शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने मनसाय नदेखिएको भन्दै १० बुँदे कार्यान्वयन कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।