कार्तिक ०७,२०७८
-अस्था न्यूज
कार्तिक ७, २०७८ काठमाडौं ।
नेकपा एमालेले कात्तिक १५ गतेसम्म प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ। पार्टीको अधिवेशनको कारण देखाउँदै एमालेले बैठक स्थगित गर्न सभामुख समक्ष माग गरेको हो । यसअघि काँग्रेसले पनि आन्तरिक कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको थियो ।
पत्रमा भनिएको छ, ‘प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलको तर्फबाट आजको बैठक स्थगत गर्नका लागि सभामुखसमक्ष पत्र पेश गरेको जानकारी हुन आउँदा हाम्रो पार्टी एमालेको पनि दशौँ महाधिवेशन अन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन, ११ गते स्थायी कमिटी बैठक तथा १२ र १३ गते केन्द्रीय समितिको बैठक भएको हुँदा १४ गते बाटोको म्याद राखी १५ गते प्रदेशसभाको बैठक सञ्चालन गर्न उपयुक्त हुने व्यहोरा अनुरोध छ ।’ एमाले प्रदेशसभाका प्रमुख सचेक बुद्धि कुमार राजभण्डारीद्वारा हस्ताक्षरित पत्र प्रदेशसभामा दर्ता भइसकेको छ ।
प्रमुख समाचार