Trending :
 

नेप्से ८७ अंकले बढ्यो

कार्तिक ०८,२०७८

-अस्था न्यूज

कात्तिक ८, २०७८ काठमाडौं ।
सोमबार सेयर बजारको परिसूचक नेप्से ८७ अंकले बढेको छ ।  ८७।६३ अंकले बढेर परिसूचक २६७२ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ ।

हिजो २ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ४ अर्ब ३० करोड पुगेको छ । यस दिन १८३ कम्पनीको मूल्य बढ्यो भने ३ कम्पनीको मूल्य घट्यो ।

सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ३७, विकास बैंक ३०१, फाइनान्स १७६, होटल तथा पर्यटन ८१, जलविद्युत २००, लगानी ३, जीवन बीमा ५३७, उत्पादन १४३, माइक्रोफाइनान्स १२१, निर्जीवन बीमा ४६७, अन्य ४६ र ब्यापार उपसमूह १५ अंकले बढे ।

डेढ दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । गोर्खा फाइनान्स, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट, मल्टिपर्पोज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिश्यश्वरी हाइड्रो, सिनर्जी पावर, अरुण काबेलीको मूल्य १० प्रतिशतले बढ्यो ।

त्यस्तै १० प्रतिशत नै मूल्य बढेका अरु कम्पनीमा हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, राधी विद्युत, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा, शिवश्री र ग्रीनलाइफ हाइड्रोपावर छन् ।