Trending :
 

प्रभु साहले नेकपा ब्युँताउने, ५१ सदस्यीय कमिटीको नामावली तयार

कार्तिक ०९,२०७८

-आस्था न्यूज

कात्तिक ९, २०७८ काठमाडौं ।
 
माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका पूर्वमन्त्री प्रभु साह एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । अब उनले पुरानै नेकपालाई ब्युँताउने भएका छन् । ‘नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको छ ।
 
‘केपी ओलीले हाम्रा ८ बुँदे मागहरु पूरा नगरी केही नेतालाई टपक्क टिपेर पद बाँड्ने र फकाउने नीति मात्र लिएको हुनाले हामी एमालेमा रहन नसक्ने भयौं, प्रभु साह निकट एकजना नेताले भने, ‘त्यसैले अब साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार भइसक्यो, केही दिनमै घोषणा हुन्छ ।’
 
यसअघि प्रभु साह नेकपा माओवादी केन्द्रमै फर्कने चर्चा पनि चलेको थियो । तर, माओवादीको मुख्य नेतृत्वले यसमा चासो नदेखाएको भन्दै साहले बेग्लै पार्टी बनाउने निर्णय लिएको स्रोतले बतायो । तत्कालका लागि नयाँ पार्टीको नाम नेकपा नै राखेर अघि बढ्ने साहको तयारी छ ।
 
नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले पनि साथ दिने बुझिएको छ । साहले बनाउने केन्द्रीय कमिटीमा दुई दर्जन बढी पूर्वसभासदहरुको नाम समावेश हुने स्रोतको दाबी छ ।
 
रौतहट​का​ पूर्वमाओवादी सांसद एवं पूर्ववर्ती ओली नेतृत्वको सरकारका मन्त्री रहेका साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी गठन गरेका थिए । रातोपाटीबाट