Trending :
 

सेयर बजार परिसूचक नेप्सेमा ७८ अंकको वृद्धि

कार्तिक ०९,२०७८

-आस्था न्यूज

कात्तिक ९, २०७८ काठमाडौं ।
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । गत सोमबार ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको नेप्सेमा थप मंगलबार ७८.८२ अंकले बढेर  २७५१.०७ विन्दुमा पुगेको हो । त्यसो त यसै दिन ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने १७ कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ । 
 
आज सबैजसो उप–सूचकहरु बढेर बजार नै हरियाली बनेको छ भने, यस दिन सबैभन्दा बढी होटल तथा पर्यटन समूहका लगानीकर्ताहरूले कमाएका छन् ।
 
यस दिन यस समूहको सूचक अधिकतम ७.५१ प्रतिशतले वृद्धि भएको छ । 
 
यस्तै, फाइनान्स समूहको ५.६१, लगानी समूहको ४.५, हाइड्रोपावर समूहको ४.३३ प्रतिशतले बढेको छ भने विकास बैंक र जीवन बीमा समूहको क्रमशः ३.७७ र ३।३४ प्रतिशतले वृद्धि भएको छ । 
 
 
अधिकतम ७८.८२ अंकले बढेको बजारमा आज कुल ६ अर्ब ३१ करोड ८३ लाखको कारोबार भएको छ । गत सोमबार ८७ अंकले बढेको बजारमा ४ अर्ब ३० करोड ८८ लाखको कारोबार भएको थियो ।