Trending :
 

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिदै

कार्तिक १०,२०७८

-आस्था न्यूज

कार्तिक १०, २०७८ काठमाडौं ।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । 
 
प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठका अनुसार प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा मुख्यमन्त्री शाक्यले राजीनामाको तयारी गरेकी हुन् । 
 
मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभाको अघिल्लो बैठकमा छलफल भएको थियो । बुधबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नका जवाफ दिने कार्यसूची छ । 
 
बुधबार नै प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने जनाइएको छ । तर, मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ प्रदेशसभामा दिने र लगत्तै राजीनामासमेत दिने राज्यमन्त्री श्रेष्ठले बताइन् ।
 
प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ । यसैबीच, केहीबेर अघि बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश पूर्वाधार स्वास्थ्य प्रवर्द्धन कोभिड १९ पुनर्स्थापनाको कार्यविधि र एक विद्याले एक नर्स कार्यक्रमको कार्यविधि पारित गरेको छ ।
 
बैठकले प्रदेश बीउबिजन भण्डारण र प्रशोधन केन्द्र हेटौंडामा स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री केशवराज पाण्डेले जानकारी दिए ।