Trending :
 

सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहने माधव नेपालको भनाई

कार्तिक ११,२०७८

-आस्था न्यूज

कात्तिक ११, २०७८ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्ने बताएका छन् ।
 
बिहीबार धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने, ‘चुनावी तयारीमा जुट्नुपर्ने बेला भएको छ । 
 
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन चुनावसम्मै कायम राख्ने धारणा बनाएका छौं ।’
 
उनले एकीकृत समाजवादी पार्टीले चुनावलाई लक्षित गरेर पार्टीको संगठन निर्माण तथा सदस्यता वितरणलाई तीव्रता दिइरहेको पनि जानकारी गराए ।
 
जनताको चाहाना पूरा गर्नका निमित्त आफूहरू सरकारमा सहभागी भएको उनको भनाइ छ ।
 
बाग्मती प्रदेशमा बिहीबार गठबन्धनका तर्फबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्न लागेको र प्रदेश नम्बर १ मा पनि कात्तिक १५ गतेभित्रै आफूहरूको सरकार बन्ने अध्यक्ष नेपालले बताएका छन् ।