Trending :
 

विमलेन्द्र निधिलाई कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी

कार्तिक १२,२०७८

-आस्था न्यूज

कात्तिक १२,२०७८काठमाडौं । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापति विमलेन्द्र निधिलाई तोकेका छन् ।
 
आगामी कात्तिक १५ र १६ मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप-२६) को २६औँ सम्मेलन अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा शुक्रबार बेलायत प्रस्थान गर्दा पार्टी सञ्चालनको जिम्मेवारी उपसभापति निधिलाई दिइएका हुन् ।
 
कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा १३ बमोजिम स्वदेश नफर्कुञ्जेलसम्म निधिलाई पार्टीको कार्यबाहक सभापति तोकिएको हो ।
 
प्रधानमन्त्री देउवा नेतृत्वको टोली कार्यक्रम सकेर आगामी १८ गते स्वदेश फर्कने छ ।