Trending :
 

प्रधानमन्त्री देउवा र बेलायती सांसदहरूबीच सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल

कार्तिक १३,२०७८

-आस्था न्यूज

कात्तिक १३,२०७८ काठमाडौं ।
 प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ ।
 
यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उनीहरुबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताए ।
 
द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिएका थिए । उनीहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन् ।
 
प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोगको सराहना गरेका सचिव पौड्यालले बताए ।
 
यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन ९कोप–२६०मा भाग लिने सिलसिलामा यहाँ रहेका  प्रधानमन्त्री शनिबार दिनभर उच्च भेटवार्तामा रहे ।