Trending :
 

राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई ५ करोडसम्म पुनरकर्जा दिने

कार्तिक १४,२०७८

-आस्था न्यूज

कात्तिक १४, २०७८ काठमाडौं ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित उद्योगीरव्यवसायीले पुनरकर्जा पाउने भएका छन् ।
 
महामारीबाट प्रभावित उद्योग/व्यवसायले ५ करोड रुपैयाँसम्म पुनरकर्जा पाउने भएका हुन् । यसका लागि नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै पुनरकर्जाका लागि आवेदन गर्न आह्वान गरेको छ ।
 
बैंकले पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसार पुनरकर्जाको लागि आह्वान गर्न भनेको हो । 
 
व्यवसायीले पुनरकर्जाका लागि आजदेखि मंसिर १९ गतेसम्म आवेदन दिन पाउनेछन् । 
 
बैंकका प्रवक्ता देवकुमार ढकालले पुनरकर्जा कार्यविधिअनुसार व्यवसायीले ५ करोड रुपैयाँसम्म कर्जा पाउने बताए ।