Trending :
 

नेप्से १७ अंकले घट्यो

कार्तिक १५,२०७८

-आस्था न्यूज

कात्तिक १५,२०७८ काठमाडौं ।
आज सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा १७ अंकको गिरावट आएको छ । गत साताभरमा २०० अंकभन्दा बढीले उकालो लागेको नेप्से परिसूचक आज घटेको हो । 
 
नेपाल राष्ट्र बैंकले कात्तिक ३ गते निक्षेपको ब्याजदर नबढाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएपछि बजार उकालो लाग्न थालेको थियो । लगानीकर्ताले त्यसयता कमाएको नाफा बुक गरेपछि आज नेप्से परिसूचक घटेको हो ।
 
परिसूचक घटे पनि ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भइ १ करोड ३४ लाख कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन बैंक, होटल र टुरिजम तथा लगानी समूहमा भने सुधार आएको छ । ती बाहेक सबै समूहमा गिरावट आएको छ ।
 
सबैभन्दा बढी उत्पादनमूलक समूहमा १२० अंकको गिरावट आएको छ । यस्तै, जीवन बीमा समूहमा ११५ अंकको गिरावट आउँदा लघुवित्त समूहमा ९१ अंकको गिरावट आएको छ ।
 
 
नेप्से घटेपनि आज मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ५९ रुपैयाँ कमाएका हुन् ।
 
यस्तै, साहस उर्जाका लगानीकर्ताले आज प्रतिकित्ता ४४ रुपैयाँ कमाएका छन् ।