कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेस
-आस्था न्यूज
कात्तिक १६, २०७८ काठमाडौं ।
कर्णाली प्रदेशको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको दाबी पेस गरेका छन् ।
उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
सोहीअनुसार प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको समय दिएका थिए ।
उक्त अवधिमै काँग्रेस संसदीय दलका नेता शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
निवर्तमान मुख्यमन्त्री शाहीसँग गत वैशाखमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएअनुसार नै कर्णाली प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुन थालेको हो ।