Trending :
 

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै आगामी आन्दोलनरत आगामी रणनीति तयार गर्न इकाई बारसँग छलफल थाले

कार्तिक २१,२०७८

-आस्था न्युज

२१ कात्तिक, काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आगामी आन्दोलनरत आगामी रणनीति तयार गर्न इकाई बारसँग छलफल थालेको छ । आइतबार देशैभरका ९० वटा इकाई बारका पदाधिकारीसँग छलफल सुरु गरिएको   बताईएको छ ।

 

गत बुधबारसम्म सर्वोच्च अदालत परिसरमै धर्ना दिएका बारका सदस्यहरु आन्दोलनलाई कसरी अगाडि लैजाने भन्दै देशैभरका इकाई बारसँग छलफल गर्न लागेका हुन् । । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायतका पदाधिकारी र सदस्यहरु यतिबेला इकाई बारसँग छलफलमा जुटेका छन् । बिहान साढे १० बजेदेखि बारका पदाधिकारीहरु भर्चुअल मिटिङमा जोडिएका छन् ।

 

दुई  सातायता देखि न्यायालय सुधारको माग गर्दै आन्दोलनमा होमिएको नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामाबाट मात्रै न्यायालयको सुधार सम्भव भएको यसअघि नै निष्कर्ष निकालिसकेको छ । आजै सबै इकाइसँग छलफल नसकिएमा भोलि बिहानदेखि पनि फेरि छलफल गर्ने र भोलि नै आगामी बाटोबारे निर्णय हुने  छ  ।

 

सर्वोच्च अदालत परिसरमा हातमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम यथावत रहेकोले भोलि पनि बिहान साढे ११ बजेबाट कार्यक्रम शुरु गरिने बताईएको छ  । सबै इकाइसँग छलफल गरी सोमबार साँझसम्म बारले आन्दोलनको आगामी बाटोबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा बार रहेको छ  ।