Trending :
 

राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने माओवादीको निर्णय

कार्तिक २३,२०७८

-आस्था न्यूज

कार्तिक २३, २०७८ काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय भएको छ । 
 
नेकपा(माओवादी केन्द्र)को मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । 
 
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यस अघि नै गरिसकेको थियो । 
 
त्यसैगरी बैठकले प्रदेश पदाधिकारीहरूको सम्बन्धमा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।