Trending :
 

नवनियुक्त ३ प्रदेश प्रमुखले लिए सपथ

कार्तिक २५,२०७८

-आस्था न्यूज

कार्तिक २५, २०७८ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएकी छन् ।
 
प्रदेश नम्बर १ का परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले बिहीबार राष्ट्रपतिसमक्ष सपथ लिएका हुन् । 
 
परियार माओवादी केन्द्र, जोशी कांग्रेस र खापुङ जनता समाजवादी पार्टीबाट प्रदेश प्रमुख बनेका हुन्। 
 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशमा प्रमुख फेर्ने निर्णय गरेको थियो।
 
नेपालको संविधान धारा १६७ बमोजिम उनीहरुले सपथ लिएका हुन् ।