किरण मोक्तानको गित- सेतै फूल्यो सिरु फूल... सार्वजनिक (भिडियो सहित)
-उमा के.सी.
कार्तिक २६, २०७८ काठमाडौं ।
किरण मोक्तानको नयाँ गित सेतै फूल्यो सिरु फूल... सार्वजनिक भएको छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार एंव राजनीतिज्ञ कमल कोइरालाको प्रमुख आतिथ्यतामा गितको भिडियो सार्वजनिक गरिएको हो ।
पत्रकार श्रीहरी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथि कोइरालाले फिल्मशाला टिभीको यूटुव च्यानलमार्फत सेतै फूल्यो सिरु फूल...गितको भिडियो सार्वजनिक गर्नुभएको हो ।
किरण मोक्तानको रचना रहेको गितमा मेलिना राईको स्वर रहेको छ भने बालन्द राईले संगित भरेका छन् । राज बस्न्यातले संम्पादन गरेको गितको भिडियोमा पनाह अधिकारी र सानबहादुर घलान सानुको मोडलिङले दर्शकहरुको ध्यान तानेको देख्न सकिन्छ ।
रवि कोइराला र भरत बस्नेतको छायांकन रहेको गितको भिडियोलाई देबेन्द्र कुवँरले निर्देशन गरेका हुन् ।
फिल्मशाला टिभीले निर्माण गरेको उक्त गितको भिडियोको संयोजन श्रीहरी श्रेष्ठले गरेका हुन् ।
भिडियोको छायांकन काभ्रेको माम्ती खोला किनारमा फूलेका सिरु फूललाई समेटेर गरिएको देख्न सकिन्छ ।
रामेछाप घर हुनुभएकी रचनाकार किरण मोक्तानले प्रकृतिलाई माया गर्दै सिरु फूलसँगैेको छेउबाट बगेको कञ्चन खोलाले आफू र उनको (आफन्त) कसैको खुसी भर्न होला भनेर आफ्नो भावनालाई गितमार्फत व्यक्त गर्नुभएको छ ।
राजनीतिमा समेत सक्रिय मोक्तानको यो चौथो गित हो भने अब छिट्टै नै राजनीति सम्बन्धी अर्को गितको भिडियो सर्वजनिक गर्ने पनि कार्यक्रममा जानकारी दिईयो ।
कार्यक्रममा सहभागी कलाकार, साहित्यकार, राजनीतिक तथा रामेछापका स्थानिय जनप्रतिनिधी, पत्रकार लगाएतका व्यक्तित्वहरुले गितको सफलताको शुभकामना प्रदान गरेका थिए ।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस:-
https://youtu.be/wRQNFNV91Cs






