Trending :
 

एमाले छोडेर एकीकृत समाजवादीमा आकर्षण बढेको माधव नेपालको दाबी

कार्तिक २६,२०७८

-आस्था न्यूज

कार्तिक २६, २०७८ काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकर्षण बढेको बताएका छन् ।
 
स्थायी कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले नेकपा एमाले छोड्ने लहर नै चलेको बताए ।
 
‘साना पार्टीहरुबाट पार्टी प्रवेश गर्ने क्रम जारी नै छ, मूख्यगरी एमाले छोड्नेको लहर चलेको छ’, अध्यक्ष नेपालको भनाइ थियो । डडेलधुराबाट एमाले अध्यक्ष सहित ठूलो पंक्ति पार्टी प्रवेश गरेको बताउँदै अध्यक्ष नेपालले अन्यत्र पनि उस्तै लहर आएको बताए ।
 
नेकपा माले छोडेर चार नेता पार्टीमा प्रवेश गरेको र अन्य नेताहरुसँग पनि कुरा चलिरहेको जानकारी दिए । 
 
शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न बानेश्वरस्थित एक ब्यांक्वेटमा बैठक चलिरहेको छ ।
 
‘केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे छलफल भइरहेको छ’, प्रवक्ता जगनाथ खतिवडाले भने । स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल समेत सहभागी छन् । 
 
मिर्गौला प्रत्यारोपण पछि आराम गरिहेका खनाल पहिलो पटक पार्टी बैठकमा सहभागी भएका हुन् ।