Trending :
 

एमालेको ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट

कार्तिक २८,२०७८

-आस्था न्यूज

कार्तिक २८, २०७८ काठमाडौं ।
नेकपा एमालेले ५८ जिल्लामा महाधिवेशन प्रतिनिधि छनौटको काम सम्पन्न गरेको छ । यस्तै पाँच जिल्लामा प्रतिनिधि छनौटको प्रक्रिया जारी रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनका अनुसार अधिकांश जिल्लामा सहमतिको आधारमा प्रतिनिधि छानिएको हो । 
 
एमालेको आगामी मंसिर १०-१२ गते चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना हुँदैछ । त्यसका लागि शनिबार प्रतिनिधि छनौट सुरु भएको थियो । यस्तै एमालेले केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ ।
 
पार्टीले कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा सम्पूर्ण अभिलेख पठाउन समेत मातहतका कमिटीलाई निर्देशन दिएको छ ।