प्रदेश महाधिवेशन गराउन सातै प्रदेशमा कांग्रेसले तोक्यो संयोजक
-आस्था न्यूज
कार्तिक २८, २०७८ काठमाडौं ।
नेपाली कांग्रेसले आसन्न महाधिवेशन व्यवस्थापनका लागि जिम्मेवारी तोकेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा सम्पन्न पदाधिकारी बैठकले प्रदेश महाधिवेशन गराउन सातै प्रदेशमा संयोजक तोकेको हो।
बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठलाई तोकेको छ।
त्यस्तै लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले जिम्मेवारी पाएका छन्। पदाधिकारी बैठकको प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ। कांग्रेस महाधिवेशनपछि नीति अधिवेशन गर्ने योजनामा छ।