Trending :
 

चार दिनवछि नेप्सेमा हरियाली

कार्तिक २९,२०७८

-आस्था न्यूज

कात्तिक २९,२०७८ काठमाडौं ।
लगातार चार दिनसम्म घटेपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुधार आएको छ । तिहारपछि मंगलबारदेखि खुलेको नेप्से हिजो आइतबारसम्म निरन्तर घटेको थियो । तिहारपछि पहिलो कारोबार दिन गत साताको मंगलबार (कात्तिक २२) गते नेप्सेमा १९ अंकको गिरावट आएको थियो ।
 
बुधबार ७९ अंक र साताको अन्तिम कारोबार दिन बिहीबार ५९ अंकले घटेको थियो । यस्तै, यो साताको आइतबार एक अंकको गिरावट आएको थियो ।
 
यसरी चार दिनमा १५८ अंकले घटेको बजारमा आज २६ अंकको सुधार आएको हो । यस क्रममा चार अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर ८६ लाख कित्ता सेयर किनबेच भएको छ ।
 
नेप्से २६ अंकले बढेको दिन नेप्सेमा कारोबार भएका सबै समूहमा सुधार आएको छ । विकास बैंक समूहमा १४१ अंक, जीवन बीमा समूहमा ११३ अंक र उत्पादन १०९ अंकको सुधार आएको छ । यसबाहेक अन्य सबै समूहमा समेत वृद्धि भएको छ ।
 
आज बोटलर्स नेपाल ९तराई० र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ ।