आजदेखि ए डिभिजन लिगः उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स क्लब भिड्ने

मंसिर ०३,२०७८

-आस्था न्यूज

मङ्सिर ३,२०७८ काठमाडौं ।
आजदेखि नेपालको शीर्ष डिभिजन लिग सुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने शहीद स्मारक ए डिभिजन लिगमा १४ क्लबको सहभागिता रहनेछ । दशरथ रंगशालामा बेलुकी  पौने ५ बजे हुने उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन् । 
 
एन्फाले प्रतियोगिताको पूर्व सन्ध्यामा गरेको पत्रकार सम्मेलनमा १३  क्लबका मात्र कप्तान र प्रशिक्षकको उपस्थिति थियो । जसमा चार क्लबले उपाधिमा दाबी गर्दा अन्य क्लबले भने शीर्ष ६ मा रहने योजना भएको बताएका छन् । 
 
यस पटक उपाधि दाबेदारीमा साविक विजेता मछिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले दाबी गरेका छन् ।