राष्ट्रिय सभाको निर्वाचन माघ १२ मा गर्ने निर्णय

मंसिर ०३,२०७८

-आस्था न्यूज

मङ्सिर ३,२०७८ काठमाडौं ।
सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ ।
 
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै छ ।
 
संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको हो ।