मौसमः देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना

मंसिर ०३,२०७८

-आस्था न्यूज

मङ्सिर ३,२०७८ काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेकाले देशभर बदली भइरहेको हो । महाशाखाले शुक्रबार बिहान प्रदेश नं १ मा  आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशहरूमा सामान्यतया बदली रहेको जनाएको छ । 
 
 
यसैगरी, शुक्रबार दिउँसो देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक देखी सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  र बांकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
 
यस्तै, देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।