घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदनः २६ प्रतिशतले बढ्यो जग्गाको मूल्य

मंसिर ०३,२०७८

-आस्था न्यूज

मंसिर ३,२०७८ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
 
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच बैंकका गर्भनर महाप्रसाद अधिकारीले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरे । भविष्यमा घरजग्गाकै कारोबारमार्फत् निम्तिने आर्थिक संकट रोक्न प्रतिवेदन तयार गरेको राष्ट्र बैंकले जनाएको छ ।
 
केन्द्रीय बैंकले आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरेको छ । पहिलो पटक सार्वजनिक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढेको छ ।
 
कार्यक्रममा गभर्नर अधिकारीले घरजग्गको कारोबारले भविष्यमा निम्त्याउने आर्थिक संकट रोक्न अहिले नै नियमन गर्न लागिएको बताए। उनले घरजग्गाको कारोबारलाई थप व्यवस्थित गर्दै नियमन तथा राजश्वको दायरामा ल्याउनका लागि ‘घरजग्गाा मूल्य सर्वेक्षण प्रतिवेदन’ तयार गरिएको जानकारी दिए ।
 
सर्वेक्षण प्रत्येक तीन तीन महिनामा प्रतिवेदन तयार गर्ने राष्ट्रको बैंक आर्थिक अनुसन्धान विभागले जानकारी दिएको छ ।