एमालेले माओवादीको शेखी झार्न चितवनमा महाधिवेशन गर्न लाग्या छ, त्यो सम्भव छैन्ः प्रचण्ड
-आस्था न्यूज
मंसिर ४,२०७८ काठमाडौं ।
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू र आफ्नो पार्टीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागे पनि त्यो सम्भव नभएको बताएका छन् ।
रौतहटको कटहरियामा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले माओवादी र आफूलाई सिध्याउन चितवनमा महाधिवेशन गर्न लागे पनि जनताका तागतअघि केही नलाग्ने बताए । तपाईंहरुले बुझ्नुभयो होला । उनीहरु किन चितवन गएका हुन् ।
प्रचण्ड र माओवादीलाई माया गर्न गएका होइनन् । सिध्याउन गएका हुन् । तर जनताका अगाडि दुनियाँको कुनै पनि तागतको केही पनि लाग्ने छैन, दाहालको भनाइ थियो, हामी जित्ने छौं । आउने निर्वाचनमा माओवादी पार्टी ६४ सालको जस्तै १ नम्बर पार्टी बन्ने पूरै सम्भावना छ ।
उनले अगाडि भने, चितवनमा अस्ती सानो पार्टीको महाधिवेशन भइसक्यो । अर्को अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले महाधिवेशन गर्दैछन् चितवनमा । मैले उनीहरुलाई भनेको छु धन्यवाद १ तिमीहरुले चितवनलाई खुब माया गरेका छौ । प्रचण्डलाई माया गरेका छौ । त्यसकारण तिमीहरु चितवन आउँदै छौ । तर तपाईंहरुले बुझ्नुभयो होला । उनीहरु किन चितवन गएका प्रचण्ड र माओवादीलाई माया गर्न गएका होइनन् । सिध्याउन गएका हुन् ।
दाहालले रौतहटवासीलगायत माओवादी नेता, कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न निर्देशन दिए । संविधानमार्फत ग्यारेन्टी गरेको संघीयता, समावेशी, समानुपातिक अधिकारलाई बचाउन माओवादीले आगामी चुनाव जित्नु पर्ने भन्दै दाहालले आक्रमक भएर अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।
ुसबै दलाल, गद्दार, भगौडा कायरहरुलाई हुंकार दिनुहोस् । आक्रमक ढंगले प्रस्तुत हुनुस् । डराउनु पर्ने कुनै कारण छैन । हामी छौं तपाईंहरुको साथमा । लड्न परे । मर्न परे सबभन्दा पहिला हामी मर्न तयार छौं । दृढताका साथ अगाडि बढ्नुस्ु, दाहालको निर्देशन थियो ।