आइतबार नेप्से परिसूचक ११.६० अंकले ओरालो

मंसिर ०५,२०७८

-आस्था न्यूज

मंसिर ५,२०७८ काठमाडौं ।
सेयर बजार फेरि ओरालो लागेको छ। कारोबारको पहिलो दिन अर्थात् आइतबार नेप्से परिसूचक ११.६० अंकले ओरालो लागेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ।
 
आज २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर ४ अर्ब ३५ करोड मूल्य बराबरमा खरिदबिक्री भएको छ। यस्तै ठूला कम्पनीको सेयर मापक परिसूच सेन्सेटिभ इन्डेक्स पनि ३ अंक बढीले घटेर ५१८.२५ विन्दुमा अडेको छ।
 
कारोबारमा आएका १३ वटा समूहमध्ये २ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। उत्पादन समूहको १.४९ र जलविधुतको समूहको ०.४१ प्रतिशत बढेको हो। यसदिन ११ समूहको सेयर मूल्य घटेको छ। होटल तथा पर्यटन समूहको सबैभन्दा बढी १.८७ प्रतिशतले घटेको छ।
 
यस्तै आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किटल लेभलमा कारोबार भएको छ। नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
 
यसदिन कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५० करोड बढी मूल्यमा सेयर किनबेच भयो।