Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

पूर्वराष्ट्रपति पक्राउ

'भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको महाअभियोगमा अदालतले दोषी ठहर गरेपछि पक्राउ'

चैत्र १८,२०७३

-

१८,२०७३चैत्र,सोल-

 दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गेउन हेलाई प्रहरीले पक्राउ गरेको छ । 

भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको महाअभियोगमा पार्कलाई प्रहरीले शुक्रबार बिहानै पक्राउ गरेको हो । 
भ्रष्टाचार गरेको र शक्तिको दुरूपयोग गरेको अभियोग लगाइएकी पार्कलाई अदालतले दोषी ठहर गरेपछि प्रहरीले पक्राउ गरेको हो । 


पूर्वराष्ट्रपति पार्क विरुद्द लगाइएको मुद्दाबारे बिहीबार सुनिवाई भएको थियो ।  सोल केन्द्रीय जिल्ला अदालतका एक जना न्यायाधीश भन्छन्  उहाँलाई लगाइएको महाअभियोग पुष्टि भएको छ, उहाँलाई अब क्षमा दिन सक्ने अवस्था छैन ।

 राति अबेरसम्म न्यायाधीवक्ताको कार्यालयमा अदालतको फैसलाको प्रतिक्षामा रहेकी पूर्वराष्ट्रपति पार्कलाई सुनुवाईपछि अदालतले पार्क दोषी भएको फैसला सुनाउँदै उनलाई पक्राउ गर्न आदेश दिएको थियो ।  पार्क अदालतको फैसलाको प्रतिक्षामा राति अबेरसम्मै न्यायाधीवक्ताको कार्यालयमा रहेकी थिइन् । 


अदालतको आदेशपछि पार्कलाई पार्कलाई प्रहरीले नियन्त्रणमा लिई सोलको दक्षिणी भागमा रहेको एक कारागारमा राखिएको जनाइएको छ ।  

६५ वर्षीय पार्कलाई केहीसाता अगाडी मात्रै अदालतले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको ठहरसहित पदमुक्त गराएको थियो ।

उनले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको भन्दै दक्षिण कोरियामा लामो समय उनका उनका विरुद्धमा आन्दोलन भएको थियो ।