Trending :
 

काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित

मंसिर ०७,२०७८

-आस्था न्यूज

मङ्सिर ७,२०७८ काठमाडौं ।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित भएका छन् । काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ को आज सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी भएका हुन् । उनीका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे । 
 
यस्तै, सचिवमा जनकराज उप्रेती १६५०, सृजना बुर्लाकोटी अर्याल १७६, सहसचिवमा दीपेन्द्र थापामगर १५७ र दिलीप अधिकारी १६१ मत ल्याई विजय भएका छन् । काठमाडौँ क्षेत्र नम्बर ७ मा २६६ क्षेत्रीय प्रतिनिधि रहेका थिए ।
 
काठमाडौँ क्षेत्र नम्बर ७ मा काठमाडौँ महानगरपालिका–१६, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाको केही क्षेत्रहरु पर्दछन् ।