कोरोना खोप लगाएका व्यक्तिहरु नेपाल-भारत आउजाउ गर्न पाउने

मंसिर ०७,२०७८

-आस्था न्यूज

मंसिर ७,२०७८ काठमाडौं ।
कोभिड-१९ विरुद्धको खोप लगाएका व्यक्तिहरु अब सहज रुपमा नेपाल र भारत आवत-जावत गर्न पाउने भएका छन् ।
 
स्वास्थ्य मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
 
स्वास्थ्य सचिव डा। रोशन पोखरेलका अनुसार दुवै देशका नागरिकले कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर दुवै देशमा निर्वाध रुपमा आउजाउ गर्न पाउनेछन् ।
 
यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल-भारत सीमामा आवत–जावतको समस्या थियो ।