राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

मंसिर ०८,२०७८

-आस्था न्यूज

मंसिर ८, २०७८ काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । ५१ वर्षको उमेरमा उहाँको बुधबार बिहान निधन भएको हो ।
 
शेर्पा नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो । नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव समेत रहनुभएका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।