टी-२० बिग बास लिग खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

मंसिर ०८,२०७८



मंसिर ८, २०७८ काठमाडौं ।
आसन्न टी-२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य  सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका छन् । 
 
बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् । ५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ । 
 
सन्दीपले बीबीएल लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन् । सन्दीप बीबीएल लिग क्रिकेट खेल्ने पहिलो  नेपाली खेलाडी हुन् ।