५७ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न
-आस्था न्यूज
मंसिर ८, २०७८ काठमाडौं ।
१ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन चलिरहेको छ । ती मध्ये २५ जिल्लाको मतपरिणाम आइसकेको केन्द्रीय निर्वाचन समितिका सचिव जगनाथ श्रेष्ठले जानकारी दिए । बाँकी जिल्लामा पनि अधिवेशन चलिरहेको छ ।
केही जिल्लामा मतगणना जारी रहेकाले ती जिल्लाको परिणाम बुधबार बेलुकासम्म आउने उनले बताए । उनका अनुसार एकमात्र संघीय निर्वाचन क्षेत्र भएका १४ वटा हिमाली जिल्लामा यसअघि नै अधिवेशन भइसकेको थियो । बाँकी २१ जिल्लामा पनि अहिले अधिवेशन चलिरहेको छ ।
दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र रहेका जिल्लाहरुमा क्षेत्रीय अधिवेशन चलिरहेको छ । ४१ जिल्लामा क्षेत्रीय अधिवेशन चलिरहेको छ ।
दुईभन्दा धेरै संघीय निर्वाचन क्षेत्र रहेका ४२ जिल्लामध्ये सर्लाहीमा भने क्षेत्रीय अधिवेशन पनि सुरु हुन सकेको छैन । त्यहाँ बिहीबार अधिवेशन सुरु हुने निर्वाचन समितिका सचिव जगनाथ श्रेष्ठले जानकारी दिए । उनले निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए । जिल्ला अधिवेशन हुन बाँकी रहेका ४२ जिल्लामा यही मंसिर १० गते जिल्ला अधिवेशन हुनेछ ।
जिल्ला अधिवेशन सम्पन्न भएका भएर परिणाम आएका २५ जिल्लामा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको छ । देउवा पक्ष केही सिटले अगाडि देखिएको छ ।