एमाले दशौं महाधिवेशन :

नेपालको पर्यटन ब्रान्डिङ गर्न गैँडाको हातमा एमालेको झण्डा थमाए हौंः प्रदीप ज्ञवाली

मंसिर १०,२०७८

-आस्था न्यूज

मंसिर १०, २०७८ काठमाडौं ।
नेकपा (एमाले)को दशौं महाधिवेशन चितवनको नारायणी किनारमा सुरु भएको छ । यो महाधिवशेनका लागि एमालेले कम्युनिस्ट पार्टीको हँसिया हथौडा अंकित झन्डा एकसिंगे गैँडाको हातमा थमाएको कुराले चर्चा पाएको छ । 
 
कम्युनिस्ट पार्टीले महाधिवेशनका लागि बनाएको लोगोमा एकसिंगे गैँडाको हातमा कम्युनिस्ट पार्टीको झन्डा थमाएको विषयमा भएका चर्चाप्रति एमाले सचिव प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् । उनले किन गैंडाको हातमा पार्टीको झन्डा राखिएको हो भन्ने प्रष्टीकरण दिएका छन् ।
 
महाधिवेशनको उद्घाटन कार्यक्रम सञ्चालन गरिरहेका ज्ञवालीले लोगोमा गैंडाको हातमा झन्डामाथिका चर्चाका क्रममा आएका कुराबारे जवाफ दिएका थिए । ज्ञवालीले पर्यटन प्रबर्धन गर्नका लागि एमालेले लोगोमा गैंडाको हातमा झन्डा थमाएको बताए ।
 
ुमहाधिवेशनको लोगोको रूपमा एकसिंगे गैँडालाई अगाडि सारेका छौं । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भनेझैं केहीले केहीले अब नेकपा ९एमाले० अब लोप हुने भयो, गैँडाजस्तै भन्ने टिप्पणी गर्न पनि भ्याउनुभयो । उहाँहरूको टिप्पणी गर्न पाउने स्वतन्त्रताका लागि हाम्रो पार्टीका अध्यक्ष अध्यक्ष १४ वर्ष जेल बस्नुभएको हो । हाम्रो पुस्ता लड्यो, यति भनिसकेपछि गैंडालाई झन्डा थमाउनुको कारणबारे उनले थपे, एक सिंगे गैंडा दुर्लभ प्राणी हो । यो नेपालमा पाइन्छ, चिवतनमा पाइन्छ । हामीले नेपालको पर्यटन ब्रान्डिङ गर्न खोझेका हौं । पर्यटनका लागि नेपाल सुरक्षित छ भन्न खोजेका हौं ।ु
 
नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश फैलाउन र पर्यटन प्रवर्द्धन गर्नका लागि गैंडाको हातमा झन्डा भएको लोगो तयार पारिएको ज्ञवालीको भनाइ थियो ।