Trending :
 

दैनिक खाँदा राम्रो

चैत्र १८,२०७३

-

 

ग्रिन टी

ग्रिन टी स्वादमा केही तीतो हुने भएपनि स्वास्थ्यका लागि भने निकै लाभदायक हुन्छ । यसमा भएको एन्टी अक्सिडेण्ट तत्वले छालालाई सुन्दर बनाउनुका साथै शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । यसले ब्लडप्रेसर नियन्त्रण गर्छ, साथै मुटुका बिरामीलाई हृदयघातको सम्भावना कम गराउँछ ।

स्याउ

स्वास्थ्यको लागि  स्याउ  बरदान नै हो भन्दा फरक नपर्ला । किनकी स्याउमा प्रोटीन तथा भिटामिनहरु  प्रसस्त मात्रमा पाइन्छ र यो रसिलो सुन्दर फलले रगतमा हुने हानिकारक कोलेस्ट्रल घटाउन समेत मदत गर्दछ  । स्याउमा एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ जसले शरीरलाई विकाररहित राख्न मद्धत गर्छ ।

भिजेको चना

पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो । चनामा प्रोटिन, फाइबर तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँछ । भिजाएको चनामा धेरै फाइबर पाइन्छ । यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र कब्जियत पनि हटाउँछ ।

पालुंगो

पालुंगोको साग खानमा मात्र स्वादिलो हुँदैन यो स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ । जिउमा रगतको कमी भएकाहरुका लागि पालुंगो हितकारी हुन्छ । पालुंगोमा बेटा-क्यारोटिन नामक तत्व पाइन्छ जसले शरीरलाई रोगबाट जोगाउँछ । नियमित पालुंगो खानेलाई मुटु सम्बन्धी रोग र क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

अन्डा

अन्डामा प्रचुर मात्रामा हाम्रो शरिरलाई चाहिने पोषक तत्वहरु पाइन्छ । अन्डामा पाइने प्रोटिनले रगतमा चिनीको मात्रा कम गर्छ । अन्डामा हाम्रो शरिरलाई आवश्यक पर्ने सम्पुर्ण प्रकारका एमिनो एसिड (प्रोटिनको सम्रचनातमक एकाइ) पाइन्छ जसले शरिरको विकासमा महत्वपुर्ण भूमिका खेल्द्छ ।

ओखर

ओखरलाई ड्राई फ्रुट्समध्यकै उत्तम मानिन्छ । सम्भव भएसम्म हरेक दिन ओखर खानु स्वास्थ्यका दृष्टिकोणले राम्रो हो। ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो । ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६जस्ता अत्यावश्यक तत्व पाइन्छन् ।

खरबुजा

उच्च रक्तचाप र हाइपरटेन्सनको समस्या भएकाहरूले खरबुजा खानु लाभदायी हुन्छ । खरबुजाले रक्तवाहिनीहरूलाई बलियो बनाउन र सुचारु अवस्थामा राख्न मद्दत गर्छ ।

हाडेबदाम

नेपाली समाजले अलमण्डलाई सामान्यतया मधेसी बदाम र हाडेबदामको नामले चिन्दछ । हाडेबदाम भिटामिन–ई, भिटामिन–बी, कार्बोहाइड्रेट ,फाइबर  र क्याल्सियमको राम्रो स्रोत हो । हाडेबदाममा पाईने तत्वहरुले मुटुलाई स्वस्थ राख्न र स्मरण शक्ति बढाउन मद्धत गर्छ ।