Trending :
 

कांग्रेस रूपान्तरणका लागि वरिष्ठ नेता पौडेलका १० सूत्रः पार्टी लोकतन्त्रमा चुनौती पैदा

मंसिर १२,२०७८

-आस्था न्यूज

मंसिर १२, २०७८ काठमाडौं ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रूपान्तरणका लागि १० सूत्र अघि सार्दै पार्टी लोकतन्त्रमा चुनौती पैदा भएको टिप्पणी गरेका छन् । अहिले मुलुक र पार्टीको आन्तरिक परिस्थिती नेतृत्वमात्रै परिवर्तन गरेर पुग्ने अवस्था नरहेको बताउँदै उनले पार्टीले एउटा अभियान नै चलाउनु आवश्यक रहेको बताए । 
 
आइतबार पार्टीका महामन्त्री शशांक कोइराला नेताहरु अर्जुनरसिंह केसी, रामशरण महत, कमला पन्त, जीवन परियारलगायतको उपस्थितिमा आइतबार पत्रकार सम्मेलन गर्दै आफूले पूरा जीवनभर लोकतन्त्र र समाजवादको पक्षमा वकालत गरेको तर अहिले आएर पार्टीभित्रै लोकतन्त्रमथि चुनौती पैदा भएको जनाएका छन् ।
 
सभापतिका आकांक्षी पौडेलले नेपाली संस्कृति, संस्कार र मुलुकको भविष्यका लागि यी सूत्र उपयोगी हुने बताए । महाधिवेशनमा नीति र कार्यक्रम बारे छलफल नहुने अवस्था भयो । त्यसैले यो छलफलका लागि यो प्रस्ताव अघि सारेको हुँ, पौडेले भने